You are viewing the translated version of प्रदेश प्रहरीको गठन.
Section 5
प्रदेश प्रहरीको गठन
(१) प्रत्येक प्रदेशमा प्रदेश मन्त्रालय अन्तर्गत प्रदेश प्रहरी सङ्गठन रहनेछ।
(२) प्रदेश प्रहरीको गठन तथा सञ्चालन प्रदेश कानून बमोजिम हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो पटकको हकमा प्रहरी कर्मचारी समायोजन सम्बन्धी सङ्घीय कानून बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई प्रचलित सङ्घीय कानून बमोजिम समायोजन गरी वा खटाई प्रदेश प्रहरीको गठन हुनेछ।
(४) उपदफा (२) बमोजिम प्रदेश कानून नबनेसम्म प्रदेश प्रहरीको सञ्चालन यस ऐनको अधीनमा रही नेपाल सरकारले तोके बमोजिम हुनेछु।
(५) प्रदेश प्रहरी सङ्गठन समावेशी स्वरुपको हुनेछ।